क्यान्टिनमा बसेका साथिहरु हामीलाई देखेर हास्न थाले । उ आए हाम्रा कक्षाका नयाँ जोडि । म लजाएँ । आदित्य र म छुट्टै टेवलमा बस्यौँ ।
तिमीसँग छुटिएको पनि ५ बर्ष पुरा भएछ । आज महशुस गर्दै छु तिमीसँग बिताएका पलहरु । आदित्य, हो आदित्य तिमीसँग छुटिएको पनि ५ बर्ष पुरा भएछ आज । तिमीसँग घुमेका पलहरु आज सम्झदा पनि अनौठो लाग्छ । खै कसरी वर्णन गरौँ हामीले बिताएका पलहरु । तिमीसँग सँगै रेष्टुरेण्ट गएको, मःम खाएको, क्याफे गएर कफी खाएको कसरी बिर्सिउँ । कसरी ? क्यान्टिनमा बसेका साथिहरु हामीलाई देखेर हास्न थाले । उ आए हाम्रा कक्षाका नयाँ जोडि । म लजाएँ । आदित्य र म छुट्टै टेवलमा बस्यौँ । आदित्य र मेरो सम्बन्ध यहाँसम्म आइपुग्नुमा यो समयले ठूलो योगदान दिएको छ । क्याम्पसको पहिलो दिनमा नै मन पराएको थिएँ मैले आदित्यलाई । सेकेण्ड लास्ट बेञ्चमा बस्ने आदित्य अलि गोरे गोरे, हेन्सि परेको थियो । खासै नबोल्ने अलि अलि लजालु स्वभावको थियो आदित्य । मैले बुझेर हो या नबुझेर हो मनमा सजाइसकेको थिएँ उसलाई । अरु साथिहरु क्यान्टिन गएपनि उ एक्लै कक्षामा बसिरहन्थ्यो । लाग्यो उसको कोही साथिहरु छैनन् । हप्तादिन पछि क्याम्पस आउँदा पनि उसको क्रियाकलापमा केहि परिवर्तन आएन । सोँचे बोलाएर क्यान्टिन लिएर जाउँ । तर साथिहरुले के भन्लान भन्ने भूतले सतायो...