नमस्कार मेरो नाम गीता हो । म अहिले व्याचलरमा पढ्छु । आज म तपाईँहरुलाई मैले पाएको धोकाको बारेमा सुनाउन गइरहेकी छु । कक्षा ३ देखि सँगै पढ्दै आएका थियौँ हामीहरु । चोर पुलिस र हुतुतु त कति खेलियो खेलियो । सम्झदा मन पनि रोमाञ्चित भएर आउँछ ति पलहरुको । खेल्दा ढ्याप लगाएको र आलु आसपास भनेको ताजै छन् मेरो स्मरणमा ।
कक्षामा उ पहिलो बेन्चिको सुरुमा र म उसँगै बस्थे । म अलि लजालु स्वभावलुकमारी की थिएँ । उसले घरी घरी मुखमा पुलुक पुलुक हेरिरहन्थ्यो । म त्यसै लजाइदिन्थेँ । कक्षा ७ पढ्दाको कुरा हो । स्वास्थ्य तथा शारिरीक शिक्षाको पढाई हुन्थ्यो । एउटा सरले पढाउनुहुन्थ्यो त्यो बिषय । जिस्काउने नाम थियो थाप्ले । उहाँको घण्टिमा सधैँ हल्ला हुन्थ्यो । एक दिन प्रजनन स्वास्थ्यको पाठ पढाइ भइरहेको थियो । सरले पाठ सुरु गर्न नभ्याउँदै हाँसो सुरु भयो । सरले त्यो दिन पढाउने आँट गर्न सक्नुभएन । बैँस आएपछि यस्तै हो, कुकुरको पुच्छर घुमेको देखे त हाँसो लाग्छ भन्छन यि केटाकेटिहरुलाई भन्दै सर अफिसतिर लाग्नुभयो । उ मसँगै
हासिरहेको थियो, मलाई पनि हाँसो लागीरह्यो । म पनि हाँसे । कता कता मैले उसलाई मनपराएको आभास हुन थाल्यो । दिन बित्दै गयो । पढ्ने, चल्ने र जिस्काउने हाम्रो दैनिकी नै बनेको थियो । यस्तैमा कक्षा १० पनि पुगियो । जोस जाँगर बढि हुने, पाउडर लगाउन मन लाग्ने हुन थाल्यो । कहिलेकाहिँ त आमाको लिपिस्टिक पनि चोरेर लगाउँथे । झन झन राम्री बन्न मन लागेको देखेर म आफैँसँग छक्क पर्थेँ । समय बित्दै जाँदा चिपिस्टिकको फेसन आयो । मैले त्यो पनि किनेर लगाए । यता उ सँग मेरो थुप्रै कुराकानी हुन थालेको थियो ।
यस्तैमा पहिलो परिक्षा पनि सकियो । हामीलाई स्कूलबाट बुटवल फूलबारी लैजाने कुराकानी भयो । म पनि धेरै खुशि भएँ । बिहान उठेर नुहाइधुवाई गरेर चिटिक्क परेर सामानहरु प्याकिङ गरी भ्रमण गर्न लाग्यौँ । सबैजना आए । मेरो उ अर्थात मेरो मुटुको ढड्कन सन्तोष । सन्तोष नाम र काम ठ्याक्केै उल्टो थियो । नाम सन्तोष भएपनि उसको स्वभाव चाहि असन्तोषी अर्थात अति जिस्किरहने थियो । कता कता भगवानले मेरै लागी बनाएर पठाएका हुन जस्तो लाग्थ्यो सन्तोषलाई । हामी एउटै सिटमा बसेर गयौँ । उसले मलाई हे¥यो । मैले पनि हेरिदिएँ । हामी एकछिन एकअर्कालाई हेरेका हेरै भयौँ ।
बस गुडिरहेको थियो थुम्सिको जंगलमा जसरी गुडिरहेको थियो सन्तोषसँगका पलहरु । उसले मुटुभरीको माया ल्याएर खनाएझैँ लाग्यो जसरी गाउँलेहरु पधेँराबाट पानी ल्याएर ड्रममा खन्याउँथे । उसको छेउमा बस्दा पनि अनौठो किसिमको तरङ्ग आएझैँ लाग्थ्यो । बेला बेलामा म उसलाई हेरिरहन्थेँ । कुनै स्वर्गमा हराएझैँ लागिरहेको थियो । बुटवल फूलवारीको टुरले हामीलाई निकै नजिक ल्याइसकेको थियो । कक्षामा पनि कुरा काट्नेहरुको ओइरो लाग्थ्यो । सबैले मलाई सन्तोष भनेर जिस्काउँथे । म खिसिक्क हासिदिन्थे । परिक्षा सकियो । हामी दुवै ब्रिजकोर्स पढ्न थाल्यौँ । असारमा रिजल्ट आयो । मेरो प्रथम श्रेणी र सन्तोषको बिशिष्ट श्रेणीमा ।
त्यसपछिका दिनमा हामीसँग मोबाइल हुन थाल्यो । हामी मोबाइलमा कुराकानी गथ्र्यौँ । कहिलेकाँहि सिरकले मुख छोपेर त कहिले बाथरुममा अनि कहिले छतमा गएर बोल्ने गर्थेँ । दिनमा हामी कलेजमा सँगै बस्थ्यौँ । क्यान्टिनमा सँगै खाजा खान्थ्यौँ । कहिलेकाहि क्लास बंक गरेर डेटिङ जान्थ्यौँ । फेसवुकमा उसँग भएको कुराहरु रिलोड गरेर हेर्दा रोमाञ्चित हुन्थे । के छ ? ठिक छ । तिम्रो के छ ? केहि छैन । खाना खायौ? अँ खाएँ । तिमीले ? मैले पनि खाएँ । कलेज कतिबेला आउने? यस्तै यस्तै कुराकानी हुन्थ्यो हाम्रो च्याट रुममा । किस गरेको, हाँसेको र जिस्काएको फोटो बढि साटासाट हुन्थ्यो । समयलाई मान्छेलाई कहाँ पु¥याउँछ थाहा नहुदो रहेछ । यस्तै भयो मेरो जिन्दगीमा पनि । उ आइ इ एल टि एस गरेर अष्ट्रेलिया जाने भयो । मेरा लागी ति दिनहरु खहरे बनेर आइदिए । तनावको झर्ना मष्तिष्कबाट अबिरल बहिरहे । मेरो कुनै आँट चलेन । अहिले उसले मलाई फोन पनि गर्दैन । च्याट पनि गर्दैन । एकदिन अनलाइनमा देखेँ । मलाई बिर्सिदेउ भन्यो । म रुँदै रुँदै घर फर्किए । मैले खाना बाहिरै खाएर आएको भन्दै कोठामा गएर चुकुल लगाएँ र बेस्सरी रोएँ । तर उसलाई बिर्सन सकिन । कति दिन क्लास गइन । तर जिन्दगी उसकै यादमा बिताइरहेछु । फेरी त्यो दिन सम्झिन चहान्न ।
उहि तिम्री
गीता

Comments
Post a Comment