नमस्कार मेरो नाम गीता हो । म अहिले व्याचलरमा पढ्छु । आज म तपाईँहरुलाई मैले पाएको धोकाको बारेमा सुनाउन गइरहेकी छु । कक्षा ३ देखि सँगै पढ्दै आएका थियौँ हामीहरु । चोर पुलिस र हुतुतु त कति खेलियो खेलियो । सम्झदा मन पनि रोमाञ्चित भएर आउँछ ति पलहरुको । खेल्दा ढ्याप लगाएको र आलु आसपास भनेको ताजै छन् मेरो स्मरणमा । कक्षामा उ पहिलो बेन्चिको सुरुमा र म उसँगै बस्थे । म अलि लजालु स्वभावलुकमारी की थिएँ । उसले घरी घरी मुखमा पुलुक पुलुक हेरिरहन्थ्यो । म त्यसै लजाइदिन्थेँ । कक्षा ७ पढ्दाको कुरा हो । स्वास्थ्य तथा शारिरीक शिक्षाको पढाई हुन्थ्यो । एउटा सरले पढाउनुहुन्थ्यो त्यो बिषय । जिस्काउने नाम थियो थाप्ले । उहाँको घण्टिमा सधैँ हल्ला हुन्थ्यो । एक दिन प्रजनन स्वास्थ्यको पाठ पढाइ भइरहेको थियो । सरले पाठ सुरु गर्न नभ्याउँदै हाँसो सुरु भयो । सरले त्यो दिन पढाउने आँट गर्न सक्नुभएन । बैँस आएपछि यस्तै हो, कुकुरको पुच्छर घुमेको देखे त हाँसो लाग्छ भन्छन यि केटाकेटिहरुलाई भन्दै सर अफिसतिर लाग्नुभयो । उ मसँगै हासिरहेको थियो, मलाई पनि हाँसो लागीरह्यो । म पनि हाँसे । कता कता मैले उसलाई मनपराएको आ...